पट्नेरीमा निशुल्क स्वास्थ्य शिविर, १ सय २० जना लिए सेवा
पाेखरा | मंसिर ११, २०८०
पोखरा: पोखरा महानगरपालिका–२९ पट्नेरीमा आवाज संस्थाले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा १ सय २० जनाले सेवा लिएका छन् ।
समानताको लागि आवाज भन्ने मूलक नारासहित पोखरामा क्रियाशिल रहेको ‘आवाज नामक संस्था’ले पोखरा इएनटी अस्पतालको समन्वयमा पोखरा २९ पट्नेरीमा नाक,कान र घाँटीको निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो ।
पोखरा इएनटी अस्पतालका नाक कान घाँटी विशेषज्ञ डा.राजेन्द्र नेपाली, मेडिकल अफिसर डा. एलिसा सुर्खेती, आवाज संस्था सचिव फार्मसिस्ट अनिल वि.क. र सदस्य ल्याव टेक्नीसियन दिपक के.सि ले निशुल्क स्वास्थ्य शिविरमा स्थानीयहरुको नाक, कान र घाँटीको परिक्षण र औषधी वितरण गरेका थिए ।
स्वास्थ्य शिविरलमो जनजागृती युवा क्लब र नमुना टोल विकास संस्थाले सहकार्य गरेका थिए ।
पोखरा: मधेशी आयोगले सातौं वार्षिक प्रतिवेदन गण्डकी प्रदेश प्रमुखसमक्ष पेस गरेको छ । प्रदेश प्रमुखको कार्यालयमा आइतबार आयोजित कार्यक्रममा आयोगकी सदस्य आभासेतु सिंहले वार्षिक प्रतिवेदन प्रद...
काठमाडौं: सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा डा ...
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ स्थित पर्यटकीय गाउँ ल्वाङ्गमा बुधबारदेखि ३२ औं ऐतिहासिक चैते दशैं मेला सुरु हुँदै छ । ग्रीन हिल क्लबको आयोजनामा हुने यस मेला चैत २७ गतेसम्म चल्ने क्लबका अध्यक्ष सुज...

